कात्तिक १५, काठमाडौं ।
सुनको मूल्यमा भारी गिरावट आएको छ । आज आइतबार एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घटेको छ ।
Advertisement
मूल्य घटेसँगै आज सुन तोलाको २ लाख ७२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १७५ रुपैयाँ घटेर आज ३ हजार ६५० रुपैयाँमा झरेको छ । शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँ थियो ।