कात्तिक ११, काठमाडौं ।
सुनको मूल्य आज बुधबार पनि बढेको छ । आज तोलाको ९०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
मूल्य बढेसँगै आज सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज १० रुपैयाँ बढेर तोलाको ३ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।