• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

अण्डाको होलसेल मूल्य बढ्यो

कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

जडीबुटी बेचेर चार करोड राजस्व असुली

सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ७. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ८. सुनको मूल्य बढ्यो

  • ९. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • १०. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम


कात्तिक १३, काठमाडौँ ।
‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका विभिन्न प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वसूचना जारी गर्दै विशेषगरी नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार क्षेत्रमा मध्यम जोखिम रहेको जनाएको छ। यी जलाधार तथा तिनका उपजलाधारहरूमा उल्लेख्य वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम बढेको हो।

Advertisement

महाशाखाको पूर्वानुमान अनुसार शुक्रबार नारायणी, कोशी र तिनका शाखा नदीहरूका साथै बागमती, कमला र कन्काई जलाधारमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। यसले गर्दा नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ। सोही अवधिमा महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीहरूमा भने जलसतह सामान्य मात्र वृद्धि हुने आँकलन गरिएको छ।

शनिबार पनि कोशी, बागमती, कमला र कन्काई जलाधारमा हल्कादेखि मध्यम वर्षा जारी रहने र विगत तीन दिनको वर्षाका कारण नदीहरूको जलसतह उच्चतम बिन्दुमा पुग्ने अनुमान छ। तथापि, प्रमुख नदीहरूमा सतर्कता तह नै पार हुने सम्भावना भने न्यून रहेको महाशाखाले स्पष्ट पारेको छ।

त्यसैगरी आइतबार कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुने र समग्र जोखिम न्यून रहने प्रक्षेपण गरिएको छ। आगामी कात्तिक १६ र १७ गते भने देशभरका प्रमुख नदीहरूमा जलसतह क्रमशः सामान्य अवस्थामा फर्किने छ।

वर्षाको वास्तविक मात्रा र नदीको अवस्था अनुसार जोखिम परिवर्तन हुन सक्ने औँल्याउँदै महाशाखाले उच्च हिमाली भेगमा थप सतर्कता अपनाउन आग्रह गरेको छ। चक्रवातको असरले कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोजन्य जोखिमको सम्भावना रहेको छ।

यसका साथै शुक्रबार र शनिबार नारायणी, बागमती, कमला, कन्काई तथा कोशी जलाधारका पहाडी र चुरे क्षेत्रमा आकस्मिक बाढी तथा होचा भूभागमा डुबानको जोखिम उच्च रहने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्क रहन महाशाखाले सचेत गराएको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का वर्षा तथा लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाँउमा हल्का वर्षा भइरहेको छ। भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने बताइएको छ ।

शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अण्डाको होलसेल मूल्य बढ्यो
कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब
सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन
भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला
जडीबुटी बेचेर चार करोड राजस्व असुली
सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

भर्खरै

  • १.
    अण्डाको होलसेल मूल्य बढ्यो

  • २.
    कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

  • ३.
    सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

  • ४.
    भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

  • ५.
    जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ६.
    सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

  • ७.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ८.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.