कात्तिक १२ ।
स्पेनमा दुईवटा रेल आपसमा ठोक्किंदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा अन्य दर्जनौँ यात्रु घाइते भएका छन् ।
Advertisement
स्पेनको टोलेदो प्रान्तको मोरा र ओर्गाज नगरको बीचमा तिब्र गतिको रेल आपसमा ठोकिएर दुर्घटना भएको हो ।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार, कम्प्युटर प्रणालीमा आएको खराबीपछि मानवीय त्रुटि हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ । दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
दुर्घट्नाग्रस्त दुई वटा रेलमा ५४५ जना सवार रहेका थिए । दुर्घट्ना सन् २०१३ पछिकै स्पेनको सबैभन्दा ठूलो भएको बताइएको छ ।