• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

बाढीले माछाखोलामा करोडौँको क्षति

दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. सुनको मूल्य बढ्यो

  • ७. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

  • ८. कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल

  • ९. अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन आग्रह

  • १०. चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

फूलको अग्रिम माग हुन थालेपछि पुष्प व्यवसायी उत्साहित


कात्तिक १२, कञ्चनपुर ।
तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् ।

Advertisement

विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने समस्या भोगेका यहाँका पुष्प व्यवसायीले यस वर्ष तिहारअघि नै माग आउन थालेपछि राहत महसुस गरेका छन् । सात वर्षदेखि पुष्प व्यवसाय गर्दै आएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का सिर्जना जोशीले विगतका वर्षमा उत्पादन गरेको फूल बिक्री नहुँदा घाटा बेहोर्नुपरेको अनुभव सुनाइन् ।

“दुई वर्षअघिसम्म फूल उत्पादन गरे पनि बजार नपाउँदा बारीमै कुहिने समस्या भोग्यौँ”, जोशीले भनिन्, “गत वर्ष फूलले बजार पाएपछि राम्रो आम्दानी भयो ।” उनले स्थानीय प्रशासनले प्लाष्टिकका मालामा रोक लगाउनुका साथै भारतबाट आउने फूलमा रोक लगाएपछि स्थानीय फूलले बजार पाएको बताइन् । “गत वर्ष फूलले बजार पाउँदा यस वर्ष खेती बढाएको छु”, उनले भनिन्, “यस वर्ष तिहारअघि नै फूलको बुकिङ आउन थालेको छ उत्साहित छौँ”, उनले अहिलेसम्म २० किलो फूलको अग्रिम बुकिङ भइसकेको बताइन् ।

तीन सय बोट फूलको रोपेर सात वर्षअघिदेखि पुष्प व्यवसायमा लागेी उनी हाल १५ कट्ठा जग्गा क्षेत्रफलमा फूलखेती गर्दै आएकी छिन्। वार्षिक ३० हजार भाडा तिर्नेगरी १५ कट्ठा जग्गा भाडामा लिएर फूलखेती गर्दै आएकी छिन्।

“दोस्रो वर्ष मैले एक हजार बोट फूलखेती गरेको थिए बजार नपाउँदा सबै कुहियो, त्यसपछि अर्को वर्ष चार हजार बोट खेती गरे बिक्रीका लागि काठमाडौँ पठाउँदा बाटोमै बाटोमै कुहियो ।” पुष्प व्यवसायी जोशीले भनिन्, “दुई वर्षअघि मात्रै पनि उत्पादन भएको फूल बिक्री नहुँदा २ क्वीन्टल खेर गएको थियो ।”

गत वर्ष उनले १० कट्ठा जग्गा क्षेत्रफलमा फूलखेती गरेकी थिइन् । फूलले राम्रो बजार पाउँदा उहाँले राम्रो आम्दानीसमेत गरिन् । “कर्मचारी र मजदुर सबैको खर्च कटाएर डेढ लाख आम्दानी भएको थियो”, उनले भनिन्, “गत वर्ष फूलले बजार पाएपछि यस वर्ष खेती बढाएको छु ।”

विगतमा बजारमा नपाउँदा व्यरोरेको घाटा पनि यस वर्ष नाफामा परिणत हुने उनको अपेक्षा छ । “स्थानीयस्तरमा उत्पादन भएको फूलको बजारका लागि हामीले धेरै सङ्घर्ष गरेका छौँ ।” उनले भनिन्, “तिहारलगायत चाडपर्व र अन्य कार्यक्रममा पनि स्थानीयस्तरमै उत्पादन भएको फूलको प्रयोग गरौँ ।” परम्परागत खेतीभन्दा फूलखेतीमा तीनगुणा बढी आम्दानी हुने भएकाले फूलखेतीमा लागेको उनको भनाइ छ ।

यसपटक फूलको माग बढेकाले तिहारमा चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्य रहेको उनले बताइन् । प्रतिकिलो रु ५०० मा फूल बिक्री हुने गरेको छ ।

फूलखेतीमा राम्रो सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पनि पुष्प व्यवसायमा लागेका छन् । आफ्नै चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूलखेती गरे । “अहिले स्थानीयस्तरमा उत्पादन भएको फूलको माग बढेको छ”, उनले भने, “तिहारमा फूल बिक्रीबाट रु एक लाखसम्म आम्दानी हुने अपेक्षा गरेका छौँ ।” उहाँले फूलखेतीमा रु २५ हजार लागत लागेको बताए । यसपटक फूलले राम्रो बजार पाए अर्को वर्षदेखि खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

तिहारमा सयपत्री फूलको माला, पूजाआजा तथा घर सजावटमा प्रयोग हुने भएकाले यसको माग पछिल्लो समय बढ्दो छ । बजारमा विवाह र सांस्कृतिक कार्यक्रममा आउने सयपत्री फूलको मागलाई लक्षित गर्दै पुष्प व्यवसायीले फूलखेती गर्दै आएका छन् । रासस

बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या
अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम
हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान
बाढीले माछाखोलामा करोडौँको क्षति

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४.
    एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    सुनको मूल्य बढ्यो

भर्खरै

  • १.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • २.
    धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

  • ३.
    अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम

  • ४.
    हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

  • ५.
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

  • ६.
    बाढीले माछाखोलामा करोडौँको क्षति

  • ७.
    दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

  • ८.
    स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.