• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

बाढीले माछाखोलामा करोडौँको क्षति

दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. सुनको मूल्य बढ्यो

  • ७. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

  • ८. कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल

  • ९. अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन आग्रह

  • १०. चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

बुढीगण्डकीको बाढीले विस्थापित शान्तिबजारका २७ परिवार टेन्टमा


कार्तिक ११, गोरखा ।
बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन्। बाढीले घर डुबाएपछि प्रभावित परिवारहरू अहिले घर छाडेर भुइँथानमा अस्थायी टेन्टमा बसिरहेका छन्।

Advertisement

स्थानीयका अनुसार शान्तिबजारमा करिब ५३ देखि ६० घर बाढीको डुबानमा परेका छन्। बाढीका कारण घरमा बस्न नसक्ने अवस्था भएपछि स्थानीयहरू सुरक्षित स्थानमा सरेका हुन्। अहिले भुइँथानमा २७ वटा टेन्ट राखिएका छन्, जहाँ २७ परिवारले आश्रय लिइरहेका छन्।

बाढीपीडित इन्द्रबहादुर आले मगरका अनुसार असोज २५ गते आएको बाढीपछि आफूहरू विस्थापित भएका उनले बताए । नेपाल रेडक्रस सोसाइटीले असोज २७ गतेतिर टेन्ट उपलब्ध गराएपछि प्रभावित परिवारले अस्थायी बसोबासको व्यवस्था गरेका छन्। ुशान्तिबजारका करिब ६० घर डुबानमा परेका छन्। अहिले हामी भुइँथानमा टेन्टमा बसिरहेका छौँ,ु उनले भने, ुस्थानीय सरकारले पनि राहत दिइरहेको छ। अहिले खान र बस्नका लागि व्यवस्था ठीकै छ।ु

उनका अनुसार स्थानीय सरकारले चिसो बढ्दै जाने भएकाले विशेषगरी वृद्धवृद्धा र साना बालबालिका भएका परिवारलाई कोठा भाडामा लिएर बस्न आग्रह गरेको छ। त्यसका लागि प्रतिपरिवार मासिक १५ हजार रुपैयाँसम्म उपलब्ध गराउने भनिएको उनले बताए।

बाढीपीडित गौरी गुरुङले पनि अहिले अस्थायी शिविरमा बसोबास र खानपानको व्यवस्था तुलनात्मक रूपमा सहज रहेको बताइन्। प्रभावित परिवारलाई खाना, सुत्ने व्यवस्था तथा बालबालिकाका लागि कपडा उपलब्ध गराइएको उनको भनाइ छ। ुअहिले हामीलाई मुख्य रूपमा खान र सुत्नका लागि व्यवस्था चाहिएको हो। त्यो भइरहेको छ,ु उनले भनिन्, ुसानो बच्चा र वृद्धवृद्धा भएका परिवारलाई कोठा भाडामा लिएर बस्न रकम दिने कुरा पनि भएको छ।ु

बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार तथा विभिन्न निकायबाट राहत वितरण भइरहेको भए पनि विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना भने चुनौतीपूर्ण देखिएको छ। अस्थायी टेन्टमा बसिरहेका परिवारलाई चिसोबाट जोगाउने, सुरक्षित आवासको व्यवस्था गर्ने र क्षतिग्रस्त घर तथा सम्पत्तिको यकिन विवरण संकलन गर्नुपर्ने आवश्यकता छ।

बाढीले घर डुबाएपछि विस्थापित भएका स्थानीय अहिले तत्कालका लागि राहत र अस्थायी आवासको भरमा दिन बिताइरहेका छन्। उनीहरूलाई सुरक्षित रूपमा घर फर्कने अवस्था कहिले बन्छ भन्ने अन्योल कायमै छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी

बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या
अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम
हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान
बाढीले माछाखोलामा करोडौँको क्षति

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४.
    एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    सुनको मूल्य बढ्यो

भर्खरै

  • १.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • २.
    धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

  • ३.
    अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम

  • ४.
    हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

  • ५.
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

  • ६.
    बाढीले माछाखोलामा करोडौँको क्षति

  • ७.
    दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

  • ८.
    स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.