असोज २५, काठमाडौं ।
सुनको मूल्य आज आइतबार तोलामा ८०० रुपैयाँ बढेको छ ।
Advertisement
मूल्य बढेसँगै आज सुन तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । आज तोलाको ४ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।