• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

बाढीले माछाखोलामा करोडौँको क्षति

दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

फूलको अग्रिम माग हुन थालेपछि पुष्प व्यवसायी उत्साहित

काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

आगामि स्थानिय निर्वाचन गैरदलीय प्रणालीबाट गर्न उज्यालो नेपाल पार्टीको माग

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ४. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. सुनको मूल्य बढ्यो

  • ७. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

  • ८. अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन आग्रह

  • ९. तिहारअघि नै फुल्याे सयपत्री, किसान चिन्तामा

  • १०. कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल

एनपिएलको तयारी अन्तिम चरणमा, दर्शकको सुविधा र क्षमता बढाइँदै


असोज २१, काठमाण्डौँ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक विगतका संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी कमजोरी सुधार गर्दै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई सहज वातावरण उपलब्ध गराउने तयारी गरेको छ।

प्रतियोगिताको प्रत्येक संस्करण थप व्यवस्थित र बृहत् बन्दै गएकाले यसपटक दर्शकको अनुभवलाई विशेष प्राथमिकता दिइएको क्यानले जनाएको छ । दसैँसम्म मैदानमा गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरी प्रतियोगिताका लागि पूर्ण रूपमा तयार हुने लक्ष्य राखिएको छ।

एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास भइरहेको छ। टिकट काटेर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल अवलोकन गरेर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा ध्यान दिइएको छ।

गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा तथा आवतजावतका क्रममा धुलोको समस्या भोग्नुपरेको थियो। यसपटक त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको छ। साथै, मैदानमा केही नयाँ संरचना थपेर समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ।

दसैँ–तिहारको बीचमा एनपिएल

यस वर्षको एनपिएल दसैँ र तिहारको बीचमा आयोजना हुँदैछ। चाडपर्वको समयमा प्रतियोगिता हुँदा दर्शकको उपस्थितिमा असर पर्न सक्ने आकलन भए पनि नेपाली क्रिकेटको बलियो समर्थक आधारका कारण दर्शकको उत्साहमा कमी नआउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको मिति निर्धारण गर्दा अन्तर्राष्ट्रिय क्रिकेटको तालिका, अन्य फ्रेन्चाइज लिगको समय तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको क्यानले जनाएको छ। यी पक्षलाई ध्यानमा राख्दा दसैँ–तिहारको बीचको समय प्रतियोगिता सञ्चालनका लागि उपयुक्त देखिएको हो।

तेस्रो संस्करणका लागि सहभागी टोलीहरूले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी अनुबन्ध गर्ने क्रमलाई तीव्रता दिएका छन्। विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताप्रतिको आकर्षण थप बढाउने र दर्शकलाई मैदानसम्म तान्ने अपेक्षा गरिएको छ।

टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले पनि दर्शकको उत्साह बढाउने विश्वास आयोजकको छ। यसले नेपाली क्रिकेटको लोकप्रियता विस्तार गर्न र प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न मैदानको पूर्वाधार, दर्शक व्यवस्थापन र आवश्यक सुविधालाई व्यवस्थित बनाउने कामलाई अन्तिम रूप दिइँदैछ।
तस्बिर : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

बुधबार, असोज २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान
बाढीले माछाखोलामा करोडौँको क्षति
दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो
स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै
अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह
फूलको अग्रिम माग हुन थालेपछि पुष्प व्यवसायी उत्साहित

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ४.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    सुनको मूल्य बढ्यो

भर्खरै

  • १.
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

  • २.
    बाढीले माछाखोलामा करोडौँको क्षति

  • ३.
    दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

  • ४.
    स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

  • ५.
    अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

  • ६.
    फूलको अग्रिम माग हुन थालेपछि पुष्प व्यवसायी उत्साहित

  • ७.
    काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन

  • ८.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.