• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

बाढीले माछाखोलामा करोडौँको क्षति

दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

फूलको अग्रिम माग हुन थालेपछि पुष्प व्यवसायी उत्साहित

काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. सुनको मूल्य बढ्यो

  • ७. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

  • ८. अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन आग्रह

  • ९. कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल

  • १०. चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

‘जलवायुजन्य विपद्‌बाट प्रभावित मुलुकमा द्रुत संयन्त्र आवश्यक छ’: डियोङ


असोज ७, काठमाडौँ ।
हानी–नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राहिमा चेइख डियोङले नेपालजस्ता जलवायुजन्य विपद्‌बाट प्रभावित मुलुकमा तत्काल वित्तीय स्रोत उपलब्ध गराउन द्रुत संयन्त्रको आवश्यकतामा जोड दिएका छन् । अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी ८१औँ महासभामा उनले जलवायु वित्तलाई संस्थागत विषयका रूपमा मात्र नभई मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

Advertisement

“नेपालमा आएको बाढीका कारण एक हजार २०० भन्दा बढी मानिसको ज्यान गएको छ र पाँच हजार जना अझै बेपत्ता छन् । त्यसैले जलवायु वित्तको बहसलाई मानवीय पक्षसँग जोड्न आवश्यक छ”, कार्यकारी निर्देशक डियोङले भने ।

उनले जलवायुजन्य विपद्का कारण प्रभावित समुदायसम्म वित्तीय स्रोत छिटो, सहज र प्रत्यक्ष रूपमा पुर्याउनुपर्नेमा जोड दिए । “जब हामी जलवायु वित्तको कुरा गर्छौँ, हामी यसलाई प्रायः संस्थागत विषय बनाउँछौँ, मानवीय विषय होइन”, कार्यकारी निर्देशक डियोङ भने, “कोषले एक वर्षअघि २५ करोड अमेरिकी डलरको वित्तीय सहयोगका लागि प्रस्ताव आह्वान गर्दा ११९ देशबाट करिब १७६ वटा प्रस्ताव प्राप्त भएकामा दुई अर्ब ८० करोड अमेरिकी डलर बराबरको माग आएको थियो ।”

उनले उक्त माग उपलब्ध स्रोतभन्दा धेरै रहेको तथा आवश्यकता अझ ठूलो रहेकाले त्यसको शीघ्र सम्बोधन गर्नु पर्नेमा कार्यकारी निर्देशक डियोङले बताए । उनले क्षति तथा नोक्सानी स्थानीयस्तरमा हुने भएकाले त्यसको समाधान पनि सम्बन्धित देशकै नेतृत्व र स्वामित्वमा हुनुपर्ने बताए ।

कार्यकारी निर्देशक डियोङले प्रभावित देशलाई प्राथमिकता निर्धारण गरिदिने भन्दा उनीहरुले पहिचान गरेका आवश्यकता सम्बोधन गर्न अन्तरराष्ट्रिय वित्तीय संयन्त्र केन्द्रित हुनुपर्ने सुझाव छ ।

जलवायु वित्तको प्रभावकारिताका लागि स्रोतको उपलब्धता र पहुँचका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने कार्यकारी निर्देशक डियोङले भने, “सार्वजनिक क्षेत्रको वित्तीय स्रोतले मात्रै जलवायुजन्य क्षति तथा नोक्सानीको बढ्दो आवश्यकता पूरा गर्न नसक्ने भएकाले परोपकारी संस्था तथा निजी क्षेत्रलगायतका स्रोत परिचालन गरिनुपर्छ ।”

जलवायु वित्त घोषणा गर्नुमात्र पर्याप्त नभई सम्बन्धित देशले त्यसमा सहज पहुँच पाउनुपर्ने तथा वित्तीय स्रोतमा पहुँचका प्रक्रिया जटिल हुँदा घोषणा गरिएको ठूलो रकम पनि जोखिममा रहेका मुलुकसम्म समयमा पुग्न नसक्ने अवस्था रहेकाले त्यस पक्षमा विचार पुर्याउनपर्ने कार्यकारी प्रमुख डियोङको सुझाव छ ।

उनले भने, “कोषले आफ्नै छुट्टै मान्यता प्रणाली विकास गर्नुअघि हरित जलवायु कोष, अनुकूलन कोष र विश्व वातावरण सुविधालगायत विद्यमान संयन्त्रको प्रयोग गरेको र जलवायु वित्तमा पहुँच सहज बनाउन यस्तै सहकार्य र सरल प्रक्रिया आवश्यक रहेको छ ।”

त्यस्तै, प्रभावित देशको आवश्यकता र क्षमताअनुसार वित्तीय उपकरणमा विविधता आवश्यक रहेको उनले बताए । “यो केवल संस्थागत विषय नभइ मानवीय विषय हो,” डियोङले भने, “हामीले पर्याप्त पुँजीयुक्त, सहज पहुँच र वहन गर्न सकिने वित्तीय स्रोत सुनिश्चित गर्नुपर्छ, ताकि कोही पनि पछाडि नछुटोस् ।”

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान
बाढीले माछाखोलामा करोडौँको क्षति
दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो
स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै
अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४.
    एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    सुनको मूल्य बढ्यो

भर्खरै

  • १.
    हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

  • २.
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

  • ३.
    बाढीले माछाखोलामा करोडौँको क्षति

  • ४.
    दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

  • ५.
    स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

  • ६.
    अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

  • ७.
    फूलको अग्रिम माग हुन थालेपछि पुष्प व्यवसायी उत्साहित

  • ८.
    काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.