• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

बाढीले माछाखोलामा करोडौँको क्षति

दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

अर्नब चक्रवात: तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ४. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. सुनको मूल्य बढ्यो

  • ७. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

  • ८. अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन आग्रह

  • ९. कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल

  • १०. चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

जलविद्युतको सुरुङ भत्किँदा सिक्किममा ९ जनाको मृत्यु, १५ जना सुरुङभित्र फसे


साउन ५, काठमाण्डौँ ।
भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य कठिन बनेको अधिकारीहरूले मंगलबार बताएका छन् ।

Advertisement

दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको काम गरिरहेका थिए ।

सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरणका निर्देशक राजीव रोकाले सुरुवातमा २५ देखि २७ जना मजदुर फसेको अनुमान गरिएको बताउँदै हालसम्म नौ जनाको शव निकालिएको जानकारी दिए। उनका अनुसार अझै १५ जना सुरुङभित्र रहेको अनुमान गरिएको छ र उनीहरूको उद्धारका लागि अभियान जारी छ ।
प्रारम्भिक जानकारीअनुसार सुरुङ भत्किनुको कारण विस्फोट हुन सक्ने अनुमान गरिएको भए पनि त्यसको वास्तविक कारण अझै स्पष्ट हुन सकेको छैन ।

दुर्घटना सुरुङको गहिरो भागमा भएकाले अनुसन्धानमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनयता यस क्षेत्रमा परेको भारी मनसुनी वर्षाले पनि दुर्घटनामा भूमिका खेलेको हुन सक्ने अनुमान गरिएको छ ।

उद्धार कार्यमा सबैभन्दा ठूलो चुनौती सुरुङभित्र चट्टानबाट निस्किएको विषाक्त मिथेन ग्यास बनेको छ । अक्सिजन उपकरणसहितका विशेष उद्धार टोलीलाई मात्र सुरुङभित्र प्रवेश गर्न अनुमति दिइएको छ ।

राजीव रोकाले ग्यासको मात्रा अत्यधिक भएकाले उद्धार अभियान जटिल बने पनि अभियान तीव्र रूपमा जारी रहेको बताउनुभयो । खानी दुर्घटनामा उद्धारको अनुभव भएका विशेष दक्ष टोलीलाई समेत परिचालन गरिएको उनले जानकारी दिए ।

भारतमा ठूला पूर्वाधार निर्माणका क्रममा हुने यस्ता दुर्घटना बारम्बार दोहोरिने गरेका छन् । वातावरणविद्हरूले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेका विकास निर्माणका गतिविधिले प्राकृतिक जोखिम बढाएको चेतावनी दिँदै आएका छन् ।

यसअघि सन् २०२३ मा उत्तराखण्ड राज्यमा निर्माणाधीन सडक सुरुङ भत्किँदा ४१ जना मजदुर १७ दिनसम्म सुरुङभित्र फसेका थिए । उनीहरूलाई लामो उद्धार अभियानपछि सकुशल बाहिर निकालिएको थियो ।

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या
अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम
हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान
बाढीले माछाखोलामा करोडौँको क्षति

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ४.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    सुनको मूल्य बढ्यो

भर्खरै

  • १.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • २.
    धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

  • ३.
    अर्नब चक्रवातको प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम

  • ४.
    हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

  • ५.
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो, दैनिक सात सयसम्मले गर्दैछन् स्नान

  • ६.
    बाढीले माछाखोलामा करोडौँको क्षति

  • ७.
    दुईवटा रेल ठोक्किंदा स्पेनमा मृत्यु हुनेको संख्या ६८ पुग्यो

  • ८.
    स्तन क्यान्सरको जनचेतना फैलाउन पिंक म्याराथन एन्ड जुम्बाको आयोजना गरिँदै

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.