असोज २५, गोरखा ।
बूढीगण्डकीको भिषण बाढीले गोरखाको चुमनुब्री गाउँपालिकामा ठुलो भौतिक क्षति पुगेको छ । बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।
Advertisement
चुमनुब्री गाउँपालिका ३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् ।
चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुमचेत क्षेत्रमा सुक्खा पहिरो झरेर बुढीगण्डकी थुनिँदा आज बिहान साढे ३ बजेतिर भिषण बाढी आएको हो ।