• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

अण्डाको होलसेल मूल्य बढ्यो

कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

जडीबुटी बेचेर चार करोड राजस्व असुली

सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ७. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ८. सुनको मूल्य बढ्यो

  • ९. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • १०. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

खाडी क्षेत्रमा तनाव चुलिँंदै, अन्योलमा वार्ता


चैत ३० ।
मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबीचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने बताएका छन् । फ्लोरिडाबाट फर्केपछि मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानसँग सम्झौता नभए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताए । यसैबीच, पाकिस्तानमा सप्ताहन्तमा भएको वार्ता निष्कर्षविहीन बनेपछि कूटनीतिक प्रयास झनै कमजोर भएको देखिएको छ ।

तनावलाई थप चर्काउने गरी अमेरिकी सेनाले सोमबारदेखि इरानी खाडी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । युएस सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलडमरूमध्य आसपासका इरानी बन्दरगाहहरूमा आवतजावत गर्ने सबै जहाजमाथि निगरानी र नियन्त्रण गरिनेछ । यद्यपि अन्य देशका जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध नपारिने जनाइएको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यस रणनीतिक जलमार्गमा यस्तो कदमले विश्व बजारमै असर पार्ने अनुमान गरिएको छ ।

इरानले भने यस्तो कदमलाई अस्वीकार्य भन्दै कडा प्रतिक्रिया जनाएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै कुनै पनि उक्साहटको जवाफ कडा रूपमा दिने चेतावनी दिएको छ । इरानी नौसेनाका प्रमुखले अमेरिकी कदमलाई ‘हास्यास्पद’ भन्दै आफ्नो सेनाले क्षेत्रका सबै गतिविधिमा निगरानी गरिरहेको बताए ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले पनि देश कुनै दबाबमा नझुक्ने बताइसकेका छन् । ‘यदि युद्ध थोपरियो भने हामी लड्छौँ, र यदि संवाद आयो भने संवादमै अघि बढ्छौँ’, उनको भनाइ उद्धृत गरिएको छ । उता, विदेशमन्त्री अब्बास अराघचीले वार्ता सम्झौताबाट ‘इन्च मात्र टाढा’ पुगेको दाबी गर्दै अन्तिम समयमा अमेरिकाले अडान बदलेको आरोप लगाएका छ् ।

यसबीच, तनावको सीधा असर ऊर्जा बजारमा देखिएको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि ब्रेन्टको मूल्य तीव्र रूपमा बढेको छ । विश्लेषकहरूका अनुसार खाडी क्षेत्रमा अवरोधको जोखिमले आपूर्ति अनिश्चित बनेपछि मूल्य उक्लिएको हो ।

क्षेत्रीय स्तरमा पनि द्वन्द्व शान्त हुने सङ्केत देखिएको छैन । लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायल–हिजबुल्लाह युद्ध अन्त्य गर्न प्रयास जारी रहेको बताएका छन् । उनले इजरायली सेना फिर्ता गराउने, कैदीहरू मुक्त गराउने र ध्वस्त संरचनाको पुनर्निर्माण गर्ने लक्ष्यमा काम भइरहेको उल्लेख गरेका छन् ।

तर, इजरायलले भने आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिने सङ्केत दिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनान भ्रमणका क्रममा हिजबुल्लाहबाट आउने खतरा नियन्त्रणमा आएको दाबी गरे, यद्यपि ‘सुरक्षा क्षेत्रभित्र युद्ध जारी’ रहेको स्वीकार गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन युनिफिलले इजरायली ट्याङ्कले आफ्ना गाडीहरूमा दुईपटक ठक्कर दिएको र दक्षिण लेबनानका केही मार्ग अवरुद्ध गरिएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ ।

लेबनानमा जारी आक्रमणका कारण मृतक सङ्ख्या दुई हजार ५५ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले भने वर्तमान युद्धविराम लेबनानमा लागू नहुने बताउँदै हिजबुल्लाहविरुद्ध कारबाही जारी राख्ने अडान दोहोर्‍याएको छ । रासस/एएफपी

सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अण्डाको होलसेल मूल्य बढ्यो
कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब
सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन
भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला
जडीबुटी बेचेर चार करोड राजस्व असुली
सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

भर्खरै

  • १.
    अण्डाको होलसेल मूल्य बढ्यो

  • २.
    कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

  • ३.
    सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

  • ४.
    भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

  • ५.
    जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ६.
    सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

  • ७.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ८.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.