• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

अण्डाको होलसेल मूल्य बढ्यो

कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

जडीबुटी बेचेर चार करोड राजस्व असुली

सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ५. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ६. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ७. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ८. सुनको मूल्य बढ्यो

  • ९. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • १०. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

अमाह सिमसार पर्यटकीय गन्तव्य


धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ ।

Advertisement

अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन् । पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि धेरै पर्यटक आउने गरेका छन् ।

सिमसार क्षेत्रभित्र अमाह देवीथान मन्दिर पनि छ, जुन धार्मिक पर्यटकको प्रमुख गन्तव्य रहेको अध्यक्ष घले बताउनुहुन्छ । जहाँ उधौली–उभौलीका बेला विशेष पूजा गरिन्छ । यहाँ पूजा गर्दा हराएको सामान फेलापर्ने जनविश्वासका कारण पनि यहाँ दैनिक रूपमा भक्तजन आउने गरेका अध्यक्ष घलेले बताउनुभयो ।

सिमसार क्षेत्रमा दैनिक दुई हजारदेखि दुई हजार ५०० जति पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन करिब १० हजारसम्म पर्यटक आउने गरेका उहाँको भनाइ छ । अध्यक्ष घलेले भन्नुभयो, “ठूलो खुला क्षेत्रफलमा फैलिएको ठाउँ भएका कारण एकैपटकमा ७० देखि ८० वटा समूहले वनभोज (पिकनिक) खान सक्ने क्षमता रहेकाले विशेषगरी पिकनिक तथा शैक्षिक भ्रमणका लागि यो स्थल लोकप्रिय बन्दै गएको छ ।” धेरैजसो पर्यटक असोजदेखि माघ, फागुनमा अत्यधिक वृद्धि हुने गरेको अधयक्ष घलेले बताउनुभयो ।

सिमसार सामुदायिक वन नजिकै भएकाले साँझपछि हात्ती देखापर्ने सम्भावना रहने भएकाले सुरक्षाका हिसाबले ५ः३० पछिको समय व्यवस्थापन गरेर पर्यटकलाई आफ्नो गन्तव्यतर्फ पठाइने गरिएको अध्यक्ष घलेले जानकारी दिनुभयो । अमाह सिमसारभित्र हरिण, बँदेल, अजिङ्गर, बाँदर, दुम्सी, चिललगायतका विभिन्न वन्यजन्तु पाइने भएकाले जैविक विविधता अवलोकन गर्न चाहने पर्यटक पनि यहाँ आउने गरेका छन् । यही चहलपहलका कारण स्थानीय आधा दर्जनभन्दा बढी व्यापारी सिमसार क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

प्रदेश सरकारले २०७८÷७९ मा रु २० लाख र २०७६÷७७ मा रु १० लाख बजेट विनियोजन गरिदिएकाले सिमसारको कम्पाउण्ड, गेट तथा भित्र चिल्ड्रेन पार्क निर्माण गरिएको अध्यक्ष घलेले बताउनुभयो । पोखरीको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र सिमसारको थप प्रवर्द्धनका लागि प्रत्येक वर्ष प्रदेश र सङ्घीय सरकारबाट सहयोग हुँदै आएको उहाँले बताउनुभयो । रासस

आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अण्डाको होलसेल मूल्य बढ्यो
कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब
सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन
भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला
जडीबुटी बेचेर चार करोड राजस्व असुली
सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ५.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ६.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

भर्खरै

  • १.
    अण्डाको होलसेल मूल्य बढ्यो

  • २.
    कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

  • ३.
    सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

  • ४.
    भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

  • ५.
    जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ६.
    सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

  • ७.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ८.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.