काठमाडौं, २९ जेठ – चर्चित पत्रकार दिलभूषण पाठकविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको हो।
Advertisement
पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ। तीन साता अघि उनले आफ्नो युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’ मार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे एक भिडियो रिपोर्ट प्रसारण गरेका थिए।
उक्त सामग्रीले कानूनी तथा नैतिक सवाल उठाएको भन्दै प्रहरीमा उजुरी परेपछि साइबर ब्युरो सक्रिय भएको हो।
पाठक हालसम्म सार्वजनिक रूपमा पक्राउ वा अनुसन्धानबारे कुनै प्रतिक्रिया दिएका छैनन्।