• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
सोमबार, कार्तिक २३, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ

लक्ष्मीपूजाको दिन फूलमाला किनमेलको चटारो, कति छ भाउ ?

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

लोकप्रिय समाचार

  • १. नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • २. जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ३. झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

  • ४. कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ५. सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

  • ६. राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

  • ७. दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी

  • ८. पार्टी आधीकारीक्ताका लागी सेटिङको प्रश्नबारे अनुसन्धान गर्न कांग्रेसको माग

  • ९. काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने, तोकियो ३३ स्थान

  • १०. लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुर १६ रनले पराजित

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन


कात्तिक २०, भोजपुर ।
पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उनले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् ।

Advertisement

भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले विगत दुई दशकदेखि कात्तिक, चैत र साउन महिनामा गाउँघर घुमेर रातको समयमा फेरी लगाउँदै आएका छन् । उनले एक महिनामा करिब २० देखि २५ दिनसम्म फेरी लगाउँदै गाउँबस्ती डुल्ने गरेको बताए ।

परम्परागत रूपमा फेरी लगाउँदा गाउँघरमा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहँदै आएको छ । फेरी लगाउने जोगीले रातको समयमा घरघरमा पुगेर मन्त्रसहित परम्परागत विधिअनुसार फेरी लगाउने प्रचलन छ । यसलाई स्थानीयले धार्मिक आस्था र सांस्कृतिक परम्पराका रूपमा लिने गरेका छन् ।

फेरी लगाउन गाउँघर पुग्ने जोगीलाई स्थानीयवासीले चामल, धान, मकै, कोदो, नगद तथा अन्य अन्नपात दिने परम्परा रहेको छ । आफ्नो गच्छेअनुसार सामग्री दिने प्रचलनले फेरी लगाउने जोगीको जीविकोपार्जनमा सहयोग पुग्ने गरेको छ । फेरी लगाउने र सामग्री दिने चलनले गाउँघरमा परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

स्थानीय परम्परा र संस्कृतिसँग जोडिएको फेरी लगाउने पेसा विगतमा धेरैले अपनाउने गरेका थिए । याङपाङमा कुनै समय १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा गर्दै आएको भए पनि अहिले घटेर दुई जनामा सीमित भएको जोगीले बताए ।

पुर्खौँदेखि चलिआएको यो पेसाको संरक्षण तथा स्थानीय मौलिक संस्कृति र परम्पराको जगेर्नासँगै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले यसको निरन्तरताका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ ।

समयक्रमसँगै नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै गएको अवस्थामा फेरी लगाउने चलन सङ्कटमा पर्दै गएको उनको भनाइ छ । पहिले गाउँघरमा व्यापक रूपमा प्रचलनमा रहेको यो परम्परा अहिले सीमित व्यक्तिले मात्र धान्दै आएका छन् । परम्परागत पेसा र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तामा यसको महत्त्व बुझाउन आवश्यक रहेको उनले बताए । रासस

शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी
समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

लोकप्रिय

  • १.
    नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • २.
    जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ३.
    झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

  • ४.
    कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ५.
    सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

  • ६.
    राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

भर्खरै

  • १.
    ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

  • २.
    थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर

  • ३.
    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

  • ४.
    ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • ५.
    भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

  • ६.
    समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

  • ७.
    खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ

  • ८.
    लक्ष्मीपूजाको दिन फूलमाला किनमेलको चटारो, कति छ भाउ ?

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.