• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
सोमबार, कार्तिक २३, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ

लक्ष्मीपूजाको दिन फूलमाला किनमेलको चटारो, कति छ भाउ ?

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

लोकप्रिय समाचार

  • १. नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • २. जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ३. झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

  • ४. कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ५. राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

  • ६. सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

  • ७. दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी

  • ८. महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

  • ९. लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुर १६ रनले पराजित

  • १०. भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल


कात्तिक १९, बाँके ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमश: मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् ।

Advertisement

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए । उनका दाजु, भाउजु र छोरा बाढीमा बेपत्ता भएका थिए ।

“७० दिनभन्दा बढी भयो, बेपत्ता भएका हाम्रा मान्छेको न त सास भेटिएको छ, न त लास नै । अब सास र लास भेटिने आशा मर्दै गएको छ”, उनले भने, “डीएनए परीक्षणको रिपोर्ट पनि आएको छैन । सरकारले मृत्यु घोषणा गरिदिए मृत्यु संस्कार गर्ने सोच बनाएका छौँ ।”

आफन्तको मृत्यु संस्कारसमेत गर्न नपाउँदा पीडामाथि पीडा थपिएको उनले बताए । बेपत्ताको कुनै खबर नआउँदा यस वर्षको दसैँ र तिहार उनका लागि झन् पीडादायी बने । चाडपर्वका बेला बेपत्ता दाजु, भाउजु र छोराको सम्झनाले सताउने गरेको उनले सुनाए ।

रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय दाजु शेरसिंह रोकाय, ५६ वर्षीया भाउजु विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता भएका थिए ।

बुढेसकालको सहारा एक्लो छोरा र जीवनको आधार बनेका दाजु–भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल र उनकी श्रीमती कर्णसरी रोकाय शोकमा छन् । लामो समयसम्म पनि आफन्तको अवस्था पत्ता नलाग्दा परिवारमा निराशा बढ्दै गएको छ ।

“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ । न सास पाइयो, न लास नै । दोधारमै समय बितिरहेको छ”, अनलालले भने, “दसैँ र तिहारमा मनभित्रको असह्य पीडा झन् बल्झिएर आउने गरेको छ ।”

शव पहिचानका लागि डीएनए परीक्षणको नमुना दिएपछि आफन्तको अवस्था थाहा हुने आशा जागेको भए पनि अहिलेसम्म रिपोर्ट नआएको उनले बताए । उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका थिए ।

डीएनए परीक्षणको नतिजा र बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले आधिकारिक जानकारी नदिँदा परिवारले सामाजिक तथा धार्मिक संस्कार गर्न नसकेको उनको भनाइ छ । सरकारले मृत्यु भएको वा खोजी गर्दा पनि फेला पार्न नसकिएकोबारे आधिकारिक घोषणा गरेमा संस्कार गर्न सहज हुने उनले बताए ।

“सास वा लास केहीको अत्तोपत्तो छैन । के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ”, उनले भने, “हामी डीएनए रिपोर्टको प्रतीक्षामा छौँ । सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसकिएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ ।”

सोही बाढीमा परी थपुवाका आराम दमाईं र उजना दमाईं पनि बेपत्ता भएका थिए । रोजीरोटीका लागि रसुवा पुगेका उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा दिन बिताइरहेका छन् ।

थपुवाका दुवै परिवारमा चाडपर्वसमेत शोकमा बितेका छन् । बेपत्ता परिवारको सामाजिक तथा धार्मिक संस्कार गर्न र उनीहरूमा रहेको अन्योल अन्त्य गर्न डीएनए परीक्षणको नतिजा शीघ्र सार्वजनिक गर्नुका साथै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताए ।

भोटेकोशी बाढीमा परी बाँकेका २३ जना अझै बेपत्ता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ । रासस

बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी
समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

लोकप्रिय

  • १.
    नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • २.
    जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ३.
    झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

  • ४.
    कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

  • ६.
    सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

भर्खरै

  • १.
    ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

  • २.
    थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर

  • ३.
    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

  • ४.
    ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • ५.
    भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

  • ६.
    समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

  • ७.
    खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ

  • ८.
    लक्ष्मीपूजाको दिन फूलमाला किनमेलको चटारो, कति छ भाउ ?

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.