असोज २५, काठमाण्डौँ। कुलमान
बुढीगण्डकीमा आएको बाढीबाट प्रभावितको उद्धार र राहत कार्य तीव्र भइरहेको गृहमन्त्रालयले जनाएको छ । हालसम्म विभिन्न स्थानबाट ४७ जनाको उद्धार भइसकेको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए ।
Advertisement
मन्त्री सुधनका अनुसार राहत सामग्रीका पहिलो चरणको ३ वटा ट्रकहरू पठाइसकिएको छ ।
यस्तै आरुघाटबाट गोरखासम्म छिट्टै निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन गरिने पनि जनाइएको छ । सडक र यातायात सुचारू गर्न बेलीब्रिज जडानलगायतका तयारीहरू पनि भइरहेका छन्।