असोज २३, हेटौंडा ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा सडक भासिएको छ । सडक भासिदा मुग्लिन-काठमाडौं सडक अवरुद्ध भएको छ ।
Advertisement
शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किएको र २० मिटर खण्ड भासिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सडक भाँसिएपछि सवारी साधन सञ्चालन रोक लगाइएको छ ।