असोज २३, काठमाडौं ।
सुनको मूल्य आज शुक्रबार बढेको छ । आज तोलामा २ हजार ९०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
मूल्य बढेसँगै आज प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ । आज तोलाको ४ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।