असोज २३, गण्डकी ।
पोखरा महानगरपालिका २८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका ५ जनामध्ये ४ जनाको परिचय खुलेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दुर्घटनामा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी, १५ वर्षीय शुभेच्छा तिवारी र नाम थर नखुलेकी १५ वर्षीया किशोरीको मृत्यु भएको हो।
घाइते १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमानै उपचार भइरहेको छ।
उपचार भईरहेका घाइतेहरुमा अस्मी कँडेल १६ वर्षीय (आईसीयूमा), सोनिया तिवारी १३ वर्ष, स्नेहा खत्री १४ वर्ष, अंकित पराजुली १३ वर्ष, स्नेहा तिवारी १५ वर्ष, स्मृति खत्री १५ वर्ष, सुप्रिया आचार्य १४ वर्ष, मेरिना तिवारी १५ वर्ष, आकृति बुढाथोकी १४ वर्ष, अर्जुन शाही ३१ वर्ष, यमन मगर १६ वर्ष, तुलबहादुर गुरुङ ५७ वर्ष रहेका छन ।