असोज २२, काठमाडौं ।
सुनको मूल्य आज बिहीबार बढेको छ । आज तोलामा ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
मूल्य बढेसँग आज सुन तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँ घटेको छ । मूल्य घटेर चाँदी आज तोलाको ४ हजार ३९० रुपैयाँमा झरेको छ ।