• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

अण्डाको होलसेल मूल्य बढ्यो

कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

जडीबुटी बेचेर चार करोड राजस्व असुली

सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ७. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ८. सुनको मूल्य बढ्यो

  • ९. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • १०. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

सूर्यदेवलाई अर्घ्य र ‘जाकुरी’ पूजासँगै जितिया पर्व विधिवत् समापन


असोज १९, चितवन ।
चितवनको कालिका नगरपालिका–५ स्थित खगेरी खोला किनारमा आदिवासी थारू महिलाहरूले जितिया पर्वको अन्तिम दिनको पावन अनुष्ठान पूरा गरेका छन् ।

Advertisement

सप्तमीका दिन दर (डटकट) खाएर अष्टमीमा दिनभरि निष्ठापूर्वक निर्जला व्रत बसेका महिलाहरूले जितियाको अन्तिम दिन सोमबार बिहानै पवित्र स्नान गरी सूर्यदेवको आराधना र विसर्जन अनुष्ठान सम्पन्न गरेका हुन् ।

खोलाको चिसो पानीमा स्नान गरेपछि व्रतालु महिलाहरूले भगवान् सूर्यदेवलाई जल तथा अर्घ्य अर्पण गर्दै अघिल्लो दिन विष्णु भगवानका रूपमा स्थापना गरिएको जितबाहन तथा पिपलको हाँगामा बनाइएको चिल र स्याल (चिलो–सिएरो) को आकृतिलाई नदीमा विसर्जन गरे ।

पर्वबारे कालिका–५ की निरु चौधरीले भनिन्, “हाम्रो आज जितियाको अन्तिम दिन हो । हिजो दिनभर भोकै बसेर बेलुका जितबाहनको पौराणिक कथा सुन्यौँ, आज अन्तिम दिन सूर्य भगवानको पूजा गर्न खगेरी खोलामा आएर नुहाइधुवाइ गरी पूजाआजा गरेका छौँ ।”

खोला किनारमा जितबाहनको विसर्जन गरेपछि महिलाहरूले नदीको चोखो माटो मुछेर ‘गौरगाङ्ग’ अर्थात् साना बालबालिकाको आकृति बनाएका थिए । थारू समुदायमा जितिया पर्व मुख्य गरी सन्तानको सुस्वास्थ्य, दीर्घायु र उन्नतिका लागि मनाइने भएकाले माटोका यी आकृतिहरूलाई भावी सन्तानको प्रतीक मानेर सिन्दूर र काजल लगाई पूजा गर्ने परम्परा छ ।

माटोको गौरगाङ्गलाई सिन्दूर र काजल लगाएपछि अघिल्ला दिनहरूमा उमारेर राखिएको मासको दाल अर्थात् ‘जाकुरी’ र अघिल्लो दिन टिपिएको चोखो बेलपत्रले ढाकेर पूजाअर्चना गरियो । जितिया पर्वमा जाकुरीको विशेष धार्मिक महत्त्व रहेको छ ।

इमानदार भएर शुद्ध मनले निर्जला व्रत बस्ने व्यक्तिको जाकुरी (मास) निकै धेरै र राम्रोसँग उम्रिने तर देखावटीका लागि मात्र व्रत बस्नेको जाकुरी राम्रोसँग नउम्रिने जनविश्वास छ । यसैले यो पर्वले मानिसलाई मनमा पाप वा छल नराखी शुद्ध हृदयले भक्ति गर्न सिकाउँछ ।

खोला किनारमा सूर्यदेवको पूजा, जितबाहन विसर्जन र जाकुरी अर्पण गरिसकेपछि व्रतालु महिलाहरूले पुनः खोलामा स्नान गरे । स्नानपछि अघिल्लो रात जितबाहनको कथा सुन्दा राखिएका पवित्र सामग्री र प्रसादलाई मिसाएर भुटेर ग्रहण गर्दै महिलाहरूले व्रतको विधिवत् ‘पारण’ (कठोर व्रतको समापन) गरेका छन् । तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अण्डाको होलसेल मूल्य बढ्यो
कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब
सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन
भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला
जडीबुटी बेचेर चार करोड राजस्व असुली
सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

भर्खरै

  • १.
    अण्डाको होलसेल मूल्य बढ्यो

  • २.
    कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

  • ३.
    सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

  • ४.
    भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

  • ५.
    जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ६.
    सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

  • ७.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ८.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.