असोज १३, काठमाडौं ।
सुनको मूल्यमा भारी गिरावट आएको छ । पछिल्लो २ दिनमा तोलामा ८ हजार ८०० रुपैयाँ घटेको छ ।
Advertisement
सोमबार तोलामा ५ हजार रुपैयाँ घटेको सुनको मूल्य आज मंगलबार तोलामा ३ हजार ८०० रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज तोलाको २ लाख ९० हजार ५०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ११५ रुपैयाँ घटेर ४ हजार ३९५ रुपैयाँमा झरेको छ । सोमबार तोलामा १४५ रुपैयाँ घटेर ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।