• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

तत्काल संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूको माग

कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

सुनको मूल्य २ हजार ३०० रुपैयाँ बढ्यो

पृथ्वी राजमार्ग बन्द गरेर आकाशे पुलको गर्डर राखिँदै

चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

भूमि प्रशासनसम्बन्धी सेवा १ महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवाद भइरहेको छः प्रचण्ड

धान फल्ने खेतमा फूलखेती

लोकप्रिय समाचार

  • १. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • २. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ३. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ४. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ५. नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

  • ६. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ७. सुनको मूल्य बढ्यो

  • ८. नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

  • ९. कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

  • १०. धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

काठमाडौँको कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी


त्रिशूली (नुवाकोट) । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । हाल यस आसपासका जिल्लाबाट कैदीबन्दी ल्याउने क्रम जारी छ । उहाँले भन्नुभयो, “अबको केही दिनमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई अन्तिम चरणमा पुर्याइएको छ ।”

कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भन्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य मिलाई क्रमशः अन्यत्र जिल्लाका कैदी ल्याउने क्रम जारी छ । यहाँको कारागारमा केन्द्रीय कारागार (जगन्नाथदेवल), नक्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौँका क्षमताभन्दा बढी हुन आउनेमध्येका कैदीबन्दी स्थानन्तरण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाको कारागारसहित आसपासका रसुवा, धादिङ, गोरखाका क्षमताभन्दा बढी हुन आउने सङ्ख्याका कैदीबन्दी ल्याएर पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।

केन्द्रीय कारागारलाई आधुनिक एवं औद्योगिक कारागारका रूपमा स्थापित गराउन आवश्यक संरचना क्रमशः निर्माण गर्दै अघि बढ्ने सरकारको योजना छ । सोहीअनुसार तेस्रो चरणको भौतिक संरचना निर्माण अघि बढाउन गृहकार्य भइरहेको छ ।” महानिर्देशक भट्टराईले भन्नुभयो, “देशभर १३ हजार कैदीबन्दी क्षमताको कारागारमा हाल २८ हजारभन्दा बढी रहेकाले नुवाकोटको केन्द्रीय कारागारलाई जतिसक्दो चाँडो पूर्णता दिन सरकार प्रतिबद्ध छ ।”

काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई २०७० साल चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले विदुर नगरपालिका–६ स्थित खम्पा क्याम्पमा स्थानान्तरण गर्ने निर्णयअनुरुप निर्माण गरेको यस कारागारको गुरुयोजनाअनुरुप पाँच चरणमा काम सम्पन्न गर्ने उल्लेख छ । तेस्रो चरणमा पहिलो युनिटका लागि चाहिने १० वटा ब्लकमा एक हजार तीन सय ७० जना कैदीबन्दी राख्न भौतिक संरचनाको निर्माण, प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा युनिट बस्ने संरचना निर्माण गरिएका छन् ।

केन्द्रीय कारागार निर्माणको गुरुयोजनाअनुरुप तेस्रो चरणको भौतिक संरचना निर्माणका लागि विभाग जुटेको छ । तर, यसका लागि यसअघि लगाएको ठेक्का प्रक्रियामा आर्थिक स्रोतको सुनिश्चित नहँुदा त्यसका लागि पहल भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । गुरुयोजना अनुसार सञ्चालनमा आएको कारागारको प्रत्येक ब्लकमा जघन्य अपराधमा संलग्नलाई राख्न एक–एकवटा ‘कालकोठरी’ बनाइएको छ । तर, औद्योगिक कारागारको रुपमा स्थापना गर्ने सरकारको लक्ष्यअनुरुपका अन्य संरचना भने बनाउन बाँकी छ ।

“औद्योगिक, आधुनिक एवं नमूना कारागाराको रुपमा स्थापना गर्ने सरकारको लक्ष्यअनुसार नुवाकोटको कारागारलाई सुविधासम्पन्न बनाउन थप चरणका काम अघि बढाउन बजेट व्यवस्थापनको पर्खाइमा छौँ ।” उहाँले भन्नुभयो, “खेलमैदान, योग केन्द्र, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवर्द्धन केन्द्र, किरियापुत्री कक्षसहितका सुविधा अब बन्ने नयाँ संरचनामा समावेश गरिने छ ।”

कारागारका लागि आवश्यक भौतिक संरचनाको निर्माण र व्यवस्थापन केन्द्रीय सरकारमार्फत सञ्चालन गरिने छभने सीप प्रवर्द्धनसहितका कार्यक्रममा प्रदेश सरकारको सहभागिता जुटाउन थालिएको छ । यस्तै, ढल प्रशोधन र बायोग्यास प्लान्ट सञ्चालन र व्यवस्थापनसहितका कार्यमा स्थानीय सरकारको साझेदारी खोजिएको छ ।

सोहीअनुरुप अन्तिम एवं पाचौँ चरणमा रहेको ढल प्रशोधन गरेर बायोग्यास प्लान्ट बनाउने योजनालाई विदुर नगरपालिकाले अघि बढाउन सुरु गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लगानीमा काम अघि बढाउन लागिएको हो । उक्त कार्यका लागि हालै कारागारका नाममा रहेको ३० रोपनी जग्गा उपभोग गर्न समझदारी गरिएको छ । रासस

बुधबार, पुष २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तत्काल संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूको माग
कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित
जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए
सुनको मूल्य २ हजार ३०० रुपैयाँ बढ्यो
पृथ्वी राजमार्ग बन्द गरेर आकाशे पुलको गर्डर राखिँदै
चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

लोकप्रिय

  • १.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • २.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ३.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ४.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ५.
    नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

  • ६.
    जडीबुटी बेचेर चार करोड राजस्व असुली

भर्खरै

  • १.
    तत्काल संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूको माग

  • २.
    कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ३.
    जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ४.
    सुनको मूल्य २ हजार ३०० रुपैयाँ बढ्यो

  • ५.
    पृथ्वी राजमार्ग बन्द गरेर आकाशे पुलको गर्डर राखिँदै

  • ६.
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

  • ७.
    भूमि प्रशासनसम्बन्धी सेवा १ महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

  • ८.
    मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवाद भइरहेको छः प्रचण्ड

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.