असोज २५, गोरखा ।
बुढीगण्डकी नदीमा आएको बाढीले नदि तटिय क्षेत्रमा ठुलो भौतिक क्षति पुर्याएको छ । आज विहान लेदोसहितको भिषण बाढीले केहि पुल बगाएको छ भने सयौँ घर बगाएको बताइएको छ ।
Advertisement
गोरखाको आरुघाट गाउँपालिका ५ स्थित शान्ति बजार क्षेत्रका घरहरू डुबानमा परेका छन् ।
बाढीले धादिङ र गोरखा जोड्ने आरुघाट पुलको गोरखातर्फको आधा भागसमेत बगाएको छ। नदीको तटीय क्षेत्रमा रहेका अन्य घरहरूमा पनि क्षति पुगेको छ।
गोरखाको चुमनुब्री गाउँपालिका तुम्जेस्थित बुढीगण्डकी नदी पहिरोले थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले प्रेस विज्ञप्ति आइतबार जारी गरी यस्तो जानकारी दिएको हो ।