भदौ ५, झापा ।
वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई० सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।
उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङको र पेटतिर सेतो चिह्नहरू भएका हुन्छन्, तिनले प्रायस् घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछ । विशेषगरी धान बालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापानिज इन्सेफ्लाइटिस बढी देखिने हुँदा लामखुट्टेको टोकाइबाट बच्नुनै उत्तम उपाय हो ।